Logo

५ अंकले नेप्से बढ्दा यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १४ असार । आज २१९ कम्पनीको ८१ हजार ३ सय पटक कारोबार भएर ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ बराबरको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता खरिद बिक्रि भएको छ ।

नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ । कम्पनीको आज प्रतिकित्ता अन्तिम शेयरमुल्य ७९० रुपैयाँ कायम भई ६६ करोड ९४ लाख बढीको कारोबार भएको छ ।

त्यस्तै, नेपाल इन्स्योरेन्स कम्पनीको प्रतिकित्ता ११ सय ७७ रुपैयाँ अन्तिम शेयरमुल्य कायम भई ५२ करोड २४ लाख बढीको शेयर कारोबार भएको छ । यसैगरी, राधि विद्युत कम्पनीको आज प्रतिकित्ता ११ सय २० रुपैयाँ अन्तिम मुल्य कायम भई ५२ करोड ७ लाख बढीको शेयर कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस्