Logo

यी कम्पनीको शेयरमुल्यमा आज उच्च वृद्धि



काठमाडौं, १४ असार । शेयर बजारमा आज ७ अर्ब ७२ करोड ५५ लाख १२ हजार ७१६ रुपैयाँ शेयर कारोबार भएको छ । नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपर तामाकोशीको शेयर कारोबार भएको छ ।

सबैभन्दा धेरै आज लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले सर्वाधिक कमाएका छन् । आज सिभिल लघुवित्तको ८ दशमलव १७ प्रतिशतका दरले शेयरमुल्य बढेको हो । कम्पनीको आज प्रतिकित्ता शेयरमुल्य १३४ रुपैयाँले बढेर १७ सय ७५ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, हाइड्रोइलेक्ट्रिसीटि कम्पनीका लगानीकर्ताले आज ७ दशमलव ६३ प्रतिशतले कमाएका छन् भने कम्पनीको प्रतिकित्ता शेयरमुल्य आज ५०८ रुपैयाँ कायम भएको छ । सिटिजन्स म्युचुअल फण्ड १ इकाईधनीले ४.९३ प्रतिशतकादरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्