Logo

प्रधानमन्त्री ओलीलाई कांग्रेस प्रवक्ताको प्रश्न : साथ छँदा आन्द्रा गाँस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ?



काठमाडौं, १४ असार । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले एमाले वरिष्ठ नेता माधव कुमार नेपालप्रति गरेको टिप्पणीलाई लिएर आलोचना गरेका छन् । मदन भण्डारीको ७०औं जन्मजयन्तीको अवसरमा बालुवाटारमा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आज कडा टिप्पणी गरेका थिए । प्रधानमन्त्री ओलीले माधव नेपाललाई मात्रै कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललको पनि कडा आलोचना गरेका थिए ।

प्रधानमन्त्रीको अभिव्यक्ति आएपछि कांग्रेस प्रवक्ता शर्माले सामाजिक सञ्जालमार्फत यस्तो लेखेका छन्–प्रचण्डसंग एमालेको एकता ठिक, कांग्रेसको कुरा मुद्दामा मिल्दा बेठिक ? साथ छंदा आन्द्रा गांस्ने, साथ छुट्दा आन्द्रै निकाल्ने अलि अप्रिय भएन र ? अझ माधव नेपालप्रतिको टिप्पणी शोभनीय मानौं कि दयनीय ? सम्माननिय @Pm_Nepal  विनम्रसंग शोध्छु अभिव्यक्तिमा चरम आवेगको यो कस्तो `भेरिएन्ट´ ?”



प्रतिक्रिया दिनुहोस्