Logo

‘असार १८ बाट देशभरका सार्वजनिक सवारी साधन सञ्चालन गरिने’



काठमाडौं, १४ असार । यातायात व्यवासायी र मजदूरसम्वद्ध संघसंगठनले असार १८ बाट देशभरका सार्वजनिक यातायात सञ्चालन गर्ने जनाएका छन् । उनीहरुले स्वास्थ्य मापदण्ड अपनाई यातायात सञ्चालन गरिने जानकारी गराएका हुन् ।

देशभरका सार्वजनिक यातायात सञ्चालनको अनुमती र भाडा समायोजनको माग प्रस्तुत गर्दै पूरा नभए १८ असारबाटै देशभरीका सम्पूर्ण सार्वजनिक यातायात सञ्चालन गर्ने प्रेस विज्ञप्तिमार्फत् भनेका हुन् । विज्ञप्तिमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्रनाथ कर्माचार्य, नेपाल यातायात मजदुर संघका अध्यक्ष धर्मराज भण्डारी, अखिल नेपाल यातायात मजदूर संघका अध्यक्ष रामचन्द्र कार्की र नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राईले हस्ताक्षर गरेका छन् ।

सरकारले आज सुचना जारी गरी काठमाडौं उपत्यकाभित्र असार १५ बाट २५ सिटभन्दा बढीका सार्वजनिक सवारी साधन मात्रै जोरबिजोरका आधारमा चल्न दिने निर्णय गरेपछि यातायात व्यवसायी र मजदूरहरुको चेतावनसहितको विज्ञप्ति आएको हो ।



प्रतिक्रिया दिनुहोस्