Logo

स्पेनका गोलरक्षकले आत्मघाती गोल गरेपछि क्रोएसियालाई अग्रता



काठमाडौं, १४ असार । स्पेनका गोलरक्षक उनई सिमनले आत्मघाती गोल गर्दा क्रोएसियाले युरो कप फुटबलको अन्तिम १६ मा अग्रता लिएको छ । जारी खेलको १९औं मिनेटमा ब्याक पासलाई खुट्टाले नियन्त्रण गर्न खोज्दा सिमनले आत्मघाती गोल गरेका थिए ।

अपत्यारिलो खालको गोल भएपछि क्रोएसियाविरुद्ध स्पेनले बराबरीको प्रयास गरिरहेको छ । तर, क्रोएसियाले पनि काउन्टर एट्याक गरिरहेको छ । खेल निकै रोचक छ ।



प्रतिक्रिया दिनुहोस्