Logo

स्याउ प्रकरणमा छानबिन समितिले बुझायो प्रतिवेदन



विराटनगर, असार १५ । कोभिड–१९ को कारण नेपाल–भारत सीमानाका सिल भएको अवस्थामा नेपाली नम्बर प्लेटका तीनओटा मिनी ट्रकमा १३ सय ५० कार्टुन स्याउ भारत पु¥याइएको प्रकरणमा नेपाल प्रहरीको संलग्नताबारे छानबिन समितिले ११ दिनपछि प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा निलम्बन गरिएका दुई प्रहरी निर्दोष रहेको र चार जना दोषी देखिएकाले कारबाहीको सिफारिश गरिएको छ ।

भारतीय प्रहरीले जेठ ३० गते नेपाली नम्बरका तीनओटा गाडीबाट १३ सय ५० कार्टुन चिनियाँ स्याउ बरामद गरेपछि सीमामा तैनाथ सुरक्षाकर्मी उपर अनुसन्धान गर्न नेपाल प्रहरी र सशस्त्र प्रहरीले छुट्टाछुट्टै छानबिन टोली गठन गरेको थियो । स्याउ तस्करी काण्डको अनुसन्धान गर्न गठित नेपाल प्रहरीको टोलीले १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरमा प्रतिवेदन बुझाएको टोलीका संयोजक एसएसपी राजेन्द्रप्रसाद चौधरीले जानकारी दिए । घटनालगत्तै १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले तत्कालीन संघीय प्रहरी इकाइ कार्यालयका एसएसपी चौधरीको नेतृत्वमा पाँचसदस्यीय छानबिन टोली गठन गरेको थियो । छानबिनपछि टोलीले अनुसन्धान प्रतिवेदन बुझाएको हो ।

दुवैतर्फ नाका सिल भएको अवस्थामा स्याउ बोकेका नेपाली नम्बर प्लेटका गाडी सजिलै भारतीय भूमिसम्म पु¥याइएपछि सीमामा तैनाथ सशस्त्र प्रहरी र नेपाल प्रहरीको संलग्नताबारे प्रश्न उठेको थियो ।

आफूहरूको ११ दिने अनुसन्धानबाट कल डिटेल र अन्य प्रमाणका आधारमा अनुसन्धान गरी स्याउ तस्करी गराउन संलग्न देखिएका चार प्रहरीलाई कारबाहीका लागि सिफारिश गरिएको अनुसन्धान अधिकृत एसएसपी चौधरीले बताए । उनका अनुसार जेठ २९ गते राति १२ र १ बजेको बीचमा हरिपुर चोकको बाटो हुँदै लाही नाकाबाट चिनियाँ स्याउ बोकेका ट्रक भारतसम्म पु¥याइएको थियो ।

घटनापछि १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा प्रहरी चौकी भण्टाबारीका तत्कालीन इञ्चार्ज सई गंगा थापा, अस्थायी प्रहरी चौकी श्रीपुरका असई टेकबहादुर कार्की र अस्थायी प्रहरी चौकी कोशी कटानका असई आशनारायण चौधरीलाई निलम्बन गरेको थियो । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्