Logo

निधि, कोइराला र सिंहबीच आज पनि बैठक



काठमाडौं, १५ असार । नेपाली काँग्रेसमा सभापतिका आकांक्षी तीन नेताहरुबीच आज पनि बैठक बस्दैछ । आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेतात्रयको बैठक बस्न लागेको हो ।

लञ्चसहितको बैठकमा सिंहसहित उपसभापति विमलेन्द्र निधि र महामन्त्री डा. सशांक कोइराला सहभागी हुनेछन् । उनीहरुले १४औं महाधिवेशनमा एक भएर जानेबारे छलफल गर्ने बुझिएको छ । नेतात्रयबीच पावर सेयरिङको कुरा बढिरहेको छ ।

यसअघि नेतात्रयबीच विमलेन्द्र निधिको बानेश्वरस्थित निवासमा बैठक बसेको थियो । त्यसपछि टोखास्थित संशाक कोइरालाको निवासमा बैठक बस्यो ।

नेपाली काँग्रेसको संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका छोराहरुलाई एक भएर काँग्रेसको नेतृत्व परिवर्तनमा भूमिका खेल्न कार्यकर्ताको एउटा पंक्तिले दबाब दिइरहेको छ । यही सन्दर्भमा उनीहरुबीचको भेटले निरन्तरता पाउनुले काँग्रेसभित्र र बाहिर तरंग ल्याइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्