Logo

दक्षिण कोरियाली बैङको ‘लेन्डिङ’ दरमा गिरावट



१५ असार : दक्षिण कोरियाली बैंकहरूको ‘लेन्डङ’ दरमा गत महिनाभन्दा कमी भएको केन्द्रीय बैंकद्वारा जारी एक तथ्याङ्कमा देखिएको छ । घरपरिवारलाई बार्षिक नयाँ बैंक ऋणको भार दर औसतमा मे महिनामा २.८९ प्रतिशतमा झरेको छ । यो जुन अघिल्लो महिनाको तुलनामा ०.०२ प्रतिशत अङ्कले घटेको बैंक अफ कोरिया (बीओके) ले जनाएको छ ।

रियल स्टेट ऋण दर ०.०४ प्रतिशत बिन्दुले घटेर २.६९ प्रतिशतमा पुगेको छ भने क्रेडिट ऋण दर ०.०४ प्रतिशत बिन्दुले बढेर ३.६९ प्रतिशतमा पुगेको छ ।
यो तथ्याङ्क गत बर्षको मेदेखि ब्याजदरमा अपरिबर्तित कम–नीति दरको कारण कायम भएको बैङ्कले जनाएको छ । कम्पनीहरूलाई नयाँ बैंक ऋणको भारित औसत दर मेमा ०.०१ प्रतिशत अङ्कले बढेको हो ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्