Logo

चाक्सीबारीमा निधि, कोइराला र सिंहको भेला



काठमाडौं, १५ असार । नेपाली काँग्रेसमा सभापतिका आकांक्षी तीन नेताहरुको भेला बसिरहेको छ । आज पूर्वमहामन्त्री प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा नेतात्रय भेला भएका हुन् ।

लञ्चसहितको भेलामा उपसभापति विमलेन्द्र निधि, महामन्त्री डा. सशांक कोइराला र पूर्वमहामन्त्री प्रकाशमान सिंह छलफल गरिरहेका छन् । उनीहरुले १४औं महाधिवेशनमा एक भएर जानेबारे छलफल गरिरहेको बुझिएको छ । नेतात्रयबीच पावर सेयरिङको कुरा बढिरहेको छ ।

यसअघि नेतात्रयबीच विमलेन्द्र निधिको बानेश्वरस्थित निवासमा बैठक बसेको थियो । त्यसपछि टोखास्थित संशाक कोइरालाको निवासमा बैठक बस्यो ।

नेपाली काँग्रेसको संस्थापक नेता वीपी कोइराला, गणेशमान सिंह र महेन्द्र नारायण निधिका छोराहरुलाई एक भएर काँग्रेसको नेतृत्व परिवर्तनमा भूमिका खेल्न कार्यकर्ताको एउटा पंक्तिले दबाब दिइरहेको छ । यही सन्दर्भमा उनीहरुबीचको भेटले निरन्तरता पाउनुले काँग्रेसभित्र र बाहिर तरंग ल्याइरहेको छ ।-तस्बिर स्रोतः युपी लामिछानेको फेसबुक



प्रतिक्रिया दिनुहोस्