Logo

नेप्सेमा ४७ अंकको पहिरो, ह्वात्तै घट्यो कारोबार



काठमाडौं, १५ असार । शेयर बजारमा आज ४७ अंकले गिरावट आएको छ । सोमबार ५ अंकले बढेको नेप्से आज  (मंगलबार)  ४७.४९ अंकले घटेर २८ सय २८ विन्दुमा रोकिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ९.८७ अंकले घटेर ५२३ दशमलव ७० विन्दुमा पुगेको हो । कारोबार रकम पनि आज ह्बात्तै घटेको छ ।

नेप्सेको अनुसार आज २२३ कम्पनीको ७५ हजार ८८० पटक कारोबार भएर ६ अर्ब ७२ करोड ६३ लाख ६१ ह्जार ८६९ रुपैयाँ बराबरको १ करोड ४० लाख ४४ हजार ३८१ कित्ता शेयर खरिद बिक्रि भएको छ ।

आज लघुवित्त बाहेक सबै समुहको नेप्से सुचक राताम्मै छन् । लघुवित्तको सुचक आज ०.५१ प्रतिशतले बढेको हो । त्यस्तै, शेयर कारोबार रकम पनि आज ह्बात्तै घटेको छ ।



प्रतिक्रिया दिनुहोस्