Logo

पद खतरामा परेपछि प्रधानमन्त्री ओलीले आक्रोश पोखेको भीम रावलको दाबी



काठमाडौं, १५ असार । नेकपा (एमाले) का प्रभावशाली नेता तथा पूर्व उपप्रधानमन्त्री डा. भीम बहादुर रावलले आफ्नो पद खतरामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो नेताहरुको सम्बन्धमा गरेको टिप्पणी पद खतरामा परेपछिको अनूभतिजन्य आक्रोशको संज्ञा दिएका छन् । सामाजिक सञ्जालमार्फत नेता रावलले प्रधानमन्त्री ओलीको यस्तो अभिव्यक्तिपछिका कारण खुलाएका छन् ।

उनले भनेका छन्–सरकारको असफलता र सर्वोच्च अदालतबाट एकपछि अर्को गरी भएका प्रतिकुल निर्णयहरु तथा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा सम्भावित पराजयको भय हो ।’ उनले ओलीमा पराजित मानसिकता देखिएको पनि दाबी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्