Logo

फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन गर्न छवटा अन्तर्राष्ट्रिय कम्पनी छनोट



विराटनगर, असार १६ । धौवादी फलाम खानीको विस्तृत सम्भाव्यता अध्ययन (डीएफएस) तथा परियोजना प्रतिवेदन तयार पार्न छवटा अन्तर्राष्ट्रिय परामर्शदाता कम्पनी छनोट गरिएको छ ।

धौवादी फलाम खानी कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत जनक चन्दले अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गर्दा आवेदन दिएका ११ वटा परामर्शदाता कम्पनीमध्ये छवटा कम्पनीलाई सङ्क्षिप्त सूचीमा समावेश गरेको जानकारी दिए ।

चीनका क्यापिटल इन्जिनियरिङ एन्ड रिसर्च इनकर्पोरेसन र सान्डोङ जियो–सर्भिसिङ एन्ड म्यापिङ इन्स्टिच्युट, दक्षिण अफ्रिकाको फ्लुर सा लिमिटेड, अस्ट्रियाको हन्स बेसिन्गर कन्सल्टेन्सी÷एक्सक्लुटिभ कन्सल्टिङ इन्जिनियरिङ एन्ड प्लानर प्रालि (जेभी) तथा भारतको एमएन डस्टर एन्ड कम्पनीरमाइनिङ सर्भिस इन्डिया (जेभी)र मेकन लिमिटेड छनोट भएको प्रमुख कार्यकारी अधिकृत चन्दले जानकारी दिए ।

अबको तीन महिनाभित्र छनोट भएका कम्पनीसँग सम्झौता भई काम अगाडि बढ्ने प्रमुख कार्यकारी अधिकृत चन्दले बताए । पूर्व–पश्चिम राजमार्गको कावासोतीदेखि करिब २० किलोमिटर उत्तरमा रहेको नवलपुर जिल्लाको होप्सेकोट गाउँपालिकाको नाम्जाकोटदेखि धौवादीसम्म करिब १६० वर्ग किलोमिटर क्षेत्रमा फलाम खानी रहेको अध्ययनले देखाएको छ ।

१० किलोमिटर लम्बाइ, २५ देखि ३० मिटर मोटाइ भएको फलाम खानीको भण्डारमा १० करोड टन फलाम रहेको अनुमान गरिएको छ । गोरखापत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्