Logo

काँग्रेस नेता चन्द्र भण्डारीका भाई शंकर भण्डारीको कार दुर्घटनामा निधन



काठमाडौं, १६ असार । त्रिभुवन विश्वविद्यालयका सहप्राध्यापक डा.शंकर भण्डारीको कार दुर्घटनामा निधन भएको छ । उनले चलाएको कार मंगलबार नवलपरासीको चरङ्गेमा दुर्घटना भएको हो ।

पिताको वार्षिक पुण्यतिथि सकेर उनी बुटवलबाट काठमाडौं फर्कदै थिए । उनी चढेको कार सडकबाट खसेको थियो । दुर्घटनामा घाइते भण्डारीलाई उपचारका लागि बुटवल लगिएको थियो । तर, अस्पतालमा उनलाई मृत घोषित गरिएको थियो ।

५० वर्षीय भण्डारीका पत्नी दुई छोरी र एक छोरा छन् । ६ दाजुभाईमध्ये उनी कान्छा थिए । उनले समाजशास्त्रमा विद्यावारिधी गरेका थिए ।

भण्डारी नेपाली काँग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीका भाई हुन् ।



प्रतिक्रिया दिनुहोस्