Logo

बाबुरामको प्रश्न : के पार्टी भनेका आधुनिक युगका नयाँ जात/गोत्र हुन ?



काठमाडौं, १६ असार । जनता समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले अहिले पार्टी भनेका के आधुनिक युगका नयाँ जात र गोत्र हुन ? भन्दै प्रश्न उठाएका छन्। सामाजिक सञ्जालमार्फत नेता भट्टराईले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्-“के पार्टी भनेका आधुनिक युगका नयॅा जात/गोत्र हुन्?अनि चुनाव चिन्ह चाहिं मतदाता किनवेचका ब्राण्ड/ट्रेडमार्क? नत्र कांग्रेस,एमाले,माके,जसपा लगायतमा महाधिवेसन,फुट/एकता,मुद्दामामिला आदि चलिरहॅदा पद,व्यक्ति,नाम,चुनावचिन्हवारे मात्र किन तानातान? खै विचार/नीति/कार्यक्रम/प्रणालीवारे छलफल ?”



प्रतिक्रिया दिनुहोस्