काठमाडौं, १६ असार । सिभिल बैंकको एटिएम सेवा आजदेखि तीन दिन बन्द हुने भएको छ । एक सूचना जारी गदै बैंकले एटिएम स्विच अपग्रेड गर्न लागेको हुनाले ३ दिनसम्म एटिएम सेवा बन्द हुने जानकारी दिएको हो ।
बैंकको अनुसार एटिएम स्विच स्तरोन्नति गर्न लागिएकोले आज साँझ ५ बजेदेखि आषाढ १८ गते बिहान ५ बजे सम्म एटिएम सेवा र पीओएस सेवा पूर्ण रुपले बन्द हुने छन् ।
१८ गतेपछि पनि एटिएम टर्मिनलहरु क्रमबद्ध रुपमा माइग्रेसन गर्नुपर्ने भएकोले असार १८ गते देखि आसार मसान्तसम्म एटिएम टर्मिनलहरु अवरुद्ध हुन सक्ने बैंकको सूचनामा भनिएको छ । साथै बैंकको कार्डलेस क्यास सुविधा अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको बैंकले उल्लेख गरेको छ ।
बैंकले जानकारीका लागि नजिकको शाखा वा बैंकको ग्राहक सहायता केन्द्र (कल सेन्टर) नम्बर ९८४०००३८६४, ९८४०००४७९१ मा सम्पर्क गर्न पनि ग्राहकहरुलाई आग्रह गरेको छ ।




प्रतिक्रिया