Logo

पटक पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ : सभामुख सापकोटा (विज्ञप्तीसहित)



काठमाडौं, १६ असार । विघटित प्रतिनिधिसभाका सभामुख अग्नि प्रसाद सापकोटाले प्रतिनिधिसभा माथिको पटक पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको बताएका छन् । संसद् दिवस २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले यस्तो बताएका हुन् । उ

नले भनेका छन्–”यस वर्ष संसद् दिवस मनाउँदै गर्दा हामीले चौतर्फी संकट ब्यहोरिरहेका छौं । कोभिड संकट जारी रहँदा यस बीचमा संघीय संसद्, प्रतिनिधिसभाको दोस्रो पटक असंवैधानिक विघटन गरिएको अवस्था छ । गहिरिँदो राजनीतिक संकटका बीच हामी मौसमजन्य विपत्तिको पनि सामना गरिरहेका छौं । संविधानसभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधानको कार्यान्वयनको क्रममा प्रतिनिधिसभामाथिको पटक पटकको हमलाले संसद् र संसदीय शासन प्रणालीमाथि नै प्रहारको आशंका उत्पन्न भएको छ ।”



प्रतिक्रिया दिनुहोस्