Logo

नेपालमा कुन उमेरसमुहका मृत्यु हुनेको संख्या कति ?



काठमाडौं, १६ असार । नेपालमा कोरोना संक्रमणबाट ९ हजार बढी संक्रमितको मृत्यु भएको छ । ३५ हजार बढी संक्रमित उपचारको क्रममा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार हालसम्म नेपालमा ६० वर्ष माथिका कोरोना संक्रमितको मृत्युदर बढी भएको छ । कोरोना भाइरसको कारण सबैभन्दा कम मृत्युदर १० वर्ष मुनि उमेर समुहका छन् भने सबैभन्दा धेरै ६० वर्ष वा ६० वर्ष भन्दा माथिको उमेर समुह रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

६० वा ६० देखि माथि उमेर समुहका नेपालमा हालसम्म ४ हजार ८ सय ५४ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । त्यस्तै, मृत्युदर धेरै हुनेको दोस्रो उमेर समुह हो ५० देखि ५९ । यो उमेरसमुहका हालसम्म १ हजार ७ सय ८१ जनाको संक्रमणबाट निधन भैसकेको छ ।

त्यस्तै, मृत्युदर बढी भएको तेस्रो उमेरसमुह ४० देखि ४९ हो । यो समुहका हालसम्म १ हजार ३ सय २८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यसैगरी, ३० देखि ३९ सम्मको ७ सय ५४ जनाको संक्रमणबाट निधन भइसकेको छ ।

मन्त्रालयको अनुसार युवा समुह अन्तर्गत २० देखि २९ उमेर समुहको २ सय ६९ जना संक्रमितको मृत्यु भएको छ । त्यस्तै, १० देखि १९ वर्ष सम्मको संक्रमितको मृत्यु हुनेको संख्या न्युन रहेको छ । यो समुहका संक्रमित ४५ जनाको निधन भएको छ । १० वर्ष मुनिका ४० जनाले कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्