Logo

देशभर कोरोना संक्रमित ६४९ जनाको आईसीयुमा उपचार हुँदै, कुन प्रदेशमा कति ?



काठमाडौं, १६ असार । विश्वका धेरै देश अहिले कोरोना भाइरसको दोस्रो भेरियन्टको संक्रमणबाट आक्रान्त बनेका छन् । नेपाल पनि अछुतो छैन् । हालसम्म नेपालमा ६ लाख बढी संक्रमित भएका छन् भने ५ लाख ९२ हजार जना संक्रमण निको भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मन्त्रालयको अनुसार हाल ३५ हजार ३१० जना संक्रमितको उपचार भैहरेको छ । देशभर ३५ हजार ३१० संक्रमित मध्ये ३२ हजार ३४९ जना होम आइसोलेसनमा रहेका छन् । त्यस्तैगरी, ६ सय ४९ जनाको आईसीयुमा उपचार भैरहेको छ भने १ सय ८४ जनाको (गम्भिर अवस्था) भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

सबैभन्दा धेरै बाग्मती प्रदेशमा १३ हजार ४०३ जना होम आइसोलेसनमा बसेका छन् । १ हजार ४३ जना संस्थागत आइसोलेसनमा बसेका छन् । ३७३ जनाको आईसीयुमा उपचार भैरहेको छ भने १२२ जनाको बाग्मति प्रदेशमा गम्भिर अवस्थामा उपचार भैरहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयको अनुसार प्रदेश १ मा ५ हजार ९९ जना होम आइसोलेसनमा बसेका छन् भने ८०३ जनाको संस्थागत आइसोलेसनमा बसेका छन् । त्यस्तै, १२५ जनाको आईसीयुमा र ३७ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ ।

त्यस्तै, लुम्बिनी प्रदेशमा ४ हजार २६१ जना होेम आइसोलेसनमा बसेका छन् भने ४३२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । मन्त्रालयको अनुसार ५४ जनाको आईसीयु र ७ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको छ ।

यसैगरी गण्डकी प्रदेशमा ३६ सय ७३ जना होम आइसोलेसनमा रहेका छन् भने ३०३ जना संस्थागत आइसोलेसनमा बसेका छन् । त्यस्तै, ५९ जना कोरोना संक्रमितको आईसीयुमा र १२ जनाको गम्भिर अवस्थामा भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयको तथ्यांकमा उल्लेख गरिएको छ ।

मन्त्रालयको अनुसार प्रदेश २ मा १० जना संक्रमितको आईुसीयुमा र १ जनाको भेन्टिलेटरमा उपचार भैरहेको छ । त्यस्तै, सुदुरपश्चिम प्रदेशमा ८ जनाको आईसीयुमा र ४ जनाको भेन्टिलेटरमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको अनुसार कर्णाली प्रदेशमा ८ जनाको आईसीयु र ४ जनाको गम्भिर अवस्थामा उपचार भैरहेको छ ।



प्रतिक्रिया दिनुहोस्