Logo

इजरायलका विदेश मन्त्री युएइको औपचारिक भ्रमणमा



१६ असार : इजरायलका विदेश मन्त्री याइर लापिड औपचारिक भ्रमणका लागि अहिले संयुक्त अरब इमिरेट्स (युएई) मा पुगेका छन् ।

खाडी मुलुक युएईमा इजरायलको तर्फबाट भएको यो पहिलो उच्चस्तरको भ्रमण भएको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । इजरायली विदेश मन्त्री लापिड मंगलबार युएई पुगेका हुन् । उनको भ्रमण टोलीमा विदेश मन्त्रालयका महानिर्देशक एलोन उश्पीजसहितका सरकारी उच्च अधिकारीहरु रहेका छन् ।
दुई दिने औपचारिक भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता पनि गर्ने विदेश मन्त्रालयले जानकारी दिएको छ ।

भ्रमणका क्रममा उनले युएईको राजधानी अबुधाबीमा स्थापना हुने इजरायली दूतावासको भवनको उद्घाटन समेत गर्ने भएका छन् । दूतावाससँगै दुबईको कन्सुलेट समेत सुरुवात गरिने भएको छ । येस अटिड पार्टीका नेता समेत रहेका विदेश मन्त्री लापिड हालको इजरायली गठबन्धनको सरकार बनाउने प्रमुख व्यक्ति समेत छन् ।
इजरायल र युएईले सन् २०२० को सेप्टेम्बरमा अमेरिकी मध्यस्थतामा सम्बन्ध सामान्यीकरण सम्झौतामा हस्ताक्षर गरेका थिए ।-सिन्ह्वा/Photo: Agency



प्रतिक्रिया दिनुहोस्