Logo

पसलमा तास खेल्ने ६ जना पक्राउ



कञ्चनपुर, १६ असार । प्रहरीले तास खेलिरहेको अवस्थामा ६ जनालाई मंगलबार साँझ पक्राउ गरेको छ । कृष्णपुर नगरपालिका ४ मौवाफाटास्थित ४० वर्षीय तेज बहादुर साउदको पसलमा तास खेलिरहेको अवस्थामा साउद लगायत ६ जना पक्राउ परेका हुन् ।

साउदको पसलमा तास खेलिरहेको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय गुलरीयाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ६५ हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।



प्रतिक्रिया दिनुहोस्