Logo

सचिवमा पराजित भएका थिए ओलीले स्थायी कमिटीमा ल्याएका यी विश्वासपात्र



काठमाडौं, १६ असार । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बैठक डाकेर ८ जना स्थायी कमिटी सदस्य थपेका छन् । थपिएकामध्ये दुईजना उनका विश्वासपात्रहरु छन् ।

रघुवीर महासेठ हालै उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री बनाइएका थिए । तर, सर्वोच्च अदालतको मन्त्रिमण्डल विस्तार कार्यान्वयन नगर्ने आदेशले उनी पदमुक्त भए । उनी यसअघि ओली सरकारमा भौतिक पूर्वाधारमन्त्री पनि थिए ।

महासेठ एमालेको नवौं महाधिवेशनमा सचिव पदमा पराजित भएका थिए । त्यतिबेला उनले ९३९ मत प्राप्त गरेका थिए । निर्वाचित हुने कम मत पाउने १०३५ मत ल्याएर विजयी भएका थिए ।

विष्णु रिमाल पनि स्थायी कमिटी सदस्य बनाइएका छन् । उनी प्रधानमन्त्री ओलीका प्रमुख राजनीतिक सल्लाहकार छन् । रिमाल ओलीका विश्वासपात्र हुन् । नवौं महाधिवेशनमा रिमाल पनि सचिवमा पराजित भएका थिए । उनले १००९ मत ल्याएका थिए ।

एमालेको नवौं महाधिवेशनमा विजयी र पराजितहरु (मतसहित)



प्रतिक्रिया दिनुहोस्