Logo

यी पूर्वमाओवादीलाई एमाले स्थायी कमिटीमा स्थान



काठमाडौं, १६ असार । नेकपा एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँतिएपछि अध्यक्ष केपी शर्मा ओलीले केही महत्वपूर्ण कदम चालेका छन् । उनले पूर्वमाओवादीका ४ नेतालाई स्थायी कमिटी सदस्य बनाएका छन् ।

स्थायी कमिटी बनाइएकाहरुमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट र मणि थापा छन् । बादललाई पदाधिकारीमा समेत लाने आश्वासन दिइएको छ । उनले ओलीलाई अप्ठ्यारो अवस्थामा साथ दिएका थिए । पूर्वगृहमन्त्री बादललाई ओलीले बढी भरोसा गर्न थालेका छन् ।

स्थायी कमिटी सदस्य बनाइएका पूर्वमन्त्रीहरु टोपबहादुर रायमाझी र लेखराज भट्ट विघटित प्रतिनिधि सभामा निर्वाचित सांसद हुन् । पूर्वमन्त्री मणि थापालाई ओलीले पछिल्लो समय महत्वपूर्ण कदमहरुमा साथ दिएका थिए ।

पूर्वमाओवादीका प्रभु साह र गौरीशंकर चौधरीलाई भने स्थायी कमिटीमा लगिएन । साह स्थायी कमिटी सदस्यको आकांक्षी हुन् ।

माधव नेपालका यी विश्वासपात्रलाई ओलीले स्थायी कमिटी सदस्य बनाएपछि…



प्रतिक्रिया दिनुहोस्