Logo

६ करोड हिनामिनाको अभियोगमा राप्ती गाउँपालिका अध्यक्षसहित २० जनालाई पक्राउ आदेश



दाङ, १६ असार । दाङ जिल्ला अदालतले सहकारी संस्थाको रकम हिनामिना गरको अभियोगमा राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जनाविरुद्द पक्राउ पुर्जी जारी गरेको छ ।

दाङ अदालतले अध्यक्ष सुवेदी सहित २० जनालाई देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा पक्राउ गर्न आदेश दिएको हो ।

अदालतले २० जनालाई ३५ दिन भित्र पक्राउ गर्न आदेश दिएको हो । दाङ अदालतले सहकारीको रकम हिनामिना गरेको अभियोगमा ४ जना कर्मचारीलाई पुर्पक्षको लागि थुनामा राख्न दिएको आदेश पछि सबै पक्राउ परेका थिए । अदालतको आदेशपछि पक्राउ परेकी एक कर्मचारी महिलालाई भने साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।



प्रतिक्रिया दिनुहोस्