Logo

नेप्सेमा आज यी कम्पनीको शेयरमुल्यमा उच्च वृद्धि



काठमाडौं, १६ असार । नेप्सेमा केही दिनयता निरन्तर गिरावट आएको छ । आज पनि ५.१३ अंकले घट्दा ५ अर्ब ८३ करोड बढीको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै पोखरा फाइनान्स कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ५५ रुपैयाँले बढेर लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, सेन्ट्रल फाइनान्स कम्पनीको प्रतिकित्ता शेयरमुल्य ३५ रुपैयाँले बढेर लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

यसैगरी, नेपाल फाइनान्स कम्पनीको प्रतिकित्ता ४३ रुपैयाँले शेयरमुल्य बढेर लगानीकर्ताले ९ दशमलव ८६ प्रतिशतका दरले कमाएका छन् ।
मल्टिपर्पोज फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ७५ प्रशिततका दरले कमाएका छन् । प्रतिकित्ता शेयरमुल्य ३१ रुपैयाँले बढेको छ ।



प्रतिक्रिया दिनुहोस्