कोरोना संक्रमणबाट आज ४१ जनाको मृत्यु


काठमाडौं, १६ असार। कोरोना संक्रमणबाट आज थप ४१ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार १ सय १२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

आज नेपालमा कोरोना भाइरसका २ हजार ४ सय २८ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ६ लाख ३९ हजार ८ सय ८ पुगेको छ । २४ घन्टामा ११ हजार ५ सय ६८ परीक्षणबाट २४ सय २८ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयको अनुसार पछिल्लो आज ३ हजार ५ सय ९७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा ५ लाख ९६ हजार १ सय ३२ जना कोरोना संक्रमणमुक्त भएका छन् ।