Logo

म कहिले यता, कहिले उता हुनुमा मेरो पनि कमजोरी होला ? : प्रचण्ड (भिडिओसहित)



काठमाडौं, १६ असार । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधानसभाबाट संविधान घोषण गर्दा धेरै ठूलो चूनौतिको पार गरेको स्मरण गराएका छन् । उनले आफुहरुमध्ये एक थरीले अहिले संविधान नबनाऔं भन्ने तत्व र प्रवृत्ति रहेको पनि स्मरण गराए ।

उनले भने,‘धेरै ठूलो दबाब, अप्ठ्यारो, जटिलता र चूनौतिको सामना गरिएको थियो । अहिले कथा व्यथा यहाँ फुकाउन उपयुक्त पनि छैन् । निर्वाचन नहोस भन्नको लागि पनि हामीले त्यस्तै अप्ठ्यारा र जटिलताको सामाना गरेकै हो । हामीले जोखिम उठाएर भएपनि निर्वाचनमा गएका हौं । मधेशमा त्यतिवेला आन्दोलन थियो । मधेशलाई समेत पनि सहभागी गरायौं । र, निर्वाचन सम्पन्न गर्यौं । अहिले देशमा फेरि संकट आईरहेको छ । निर्वाचनबाट बनेको जनप्रतिनिधिबाट बनेको संस्थामाथि संकट आएको छ । केपी ओलीले नेतृत्व गर्ने प्रवृत्ति र हाम्रो प्रवृत्ति एउटै होईन् ।’

विपक्षी गठबन्धनले आज (बुधबार) काठमाडौंमा बुद्धिजीवीहरुसँग गरेको अन्तरक्रियामा बोल्दै अध्यक्ष दाहालले यस्तो बताएका हुन् । उनले आफू कहिले यता र कहिले उता हुनुमा आफ्नो कमजोरी भएपनि यसमा मूलभुत रुपमा कसको हात छ भनेर बुझ्नसमेत आग्रह गरेका हुन् । उनले युद्धबाट शान्तिमा आउनु गल्ती भएको हो र ? भन्ने पनि प्रश्न गरे । संविधानसभाबाट संविधान जारी गर्नुपनि गल्ती हो र ? भनेर प्रश्न तेर्साए ।

Photo Source: Mukunda Kalikote/ReportersNepal



प्रतिक्रिया दिनुहोस्