Logo

माधव नेपाल खेमाले बोलायो स्थायी कमिटी बैठक



काठमाडौं, १६ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल खेमाले स्थायी कमिटी बैठक बोलाएको छ । बिहिबार आफूपक्षीय पदाधिकारीसहित स्थायी कमिटी सदस्यहरुलाई बैठकमा निम्तो दिइएको छ ।

एमालेको नवौं महाधिवेशनको निर्वाचित कमिटी ब्युँताउने देखि ८ स्थायी कमिटी सदस्य थप्ने निर्णयपछि समिक्षाका लागि बैठक डाकेको हो । बैठकले १८ असार शुक्रबार डाकिएको एमाले बैठकमा सहभागी हुने या नहुने, भएमा कसरी प्रस्तुत हुनेबारे टुंगो लगाउने तय भएको बुझिएको छ ।

अध्यक्ष केपी शर्मा ओलीले लिएको पछिल्लो निर्णय पनि विधान मिचेर गरिएको भन्दै नेपाल खेमाले आपत्ती जनाइसकेको छ । यसप्रति पनि प्रश्न उठाइएकाले एमाले एकता हुने या नहुनेबारे आशंका उब्जिएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot