Logo

भक्ति थापा राष्ट्रिय विभूतिमा समावेश, यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरु



असार १६, काठमाण्डौ । सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता वसन्तकुमार नेम्वाङ्गले सरकारले वीर भक्ति थापालाई नेपालको राष्ट्रिय विभूतिमा समावेश गर्ने निर्णय गरेको जानकारी दिएका हुन् ।

बैठकले सुर्खेत जिल्ला सिङ्गात गाउँपालिकाको केन्द्र वडा नम्बर ५ वाट सोही गाउँपालिकाको वडा नम्बर २ पुङ खेतमा कायम गर्न स्वीकृति प्रदान गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्ले सार्वजनिक खरिद पुनरावलोकन समितिको अध्यक्षमा हिमकुमार ओझालाई नियुक्त गरेको छ ।

त्यस्तै शिक्षा मन्त्रालयको प्रस्तावमा नेपाल विश्वविद्यालय पूर्वाधार विकास समितिको अध्यक्ष डा. अर्जुन कार्की नियुक्त भएका छन् । फेवा तालको चार किल्ला निर्धारण, सिमाङ्कन तथा नक्साङ्कन समितिको म्याद थपेर साउन ३१ सम्म पु¥याइएको छ । यसैगरी पछिल्ला दुई आर्थिक वर्षमा हरेक वर्ष कम्तिमा सय जना कामदार पठाउन नसकेका इजाजतप्राप्त म्यानपावर कम्पनी संस्था नविकरण गर्न आएमा नविकरण गर्ने निर्णय प्रवक्ता नेम्बाङ्गले जनाकारी दिए ।

नेपाली सेनाका पाइलट सहायक रथी आशिष नरसिंह राणालाई पाइलट उपरथीमा बढुवा गरी पदस्थापन गर्ने निर्णय गरिएको छ ।



प्रतिक्रिया दिनुहोस्