Logo

झाँक्रीको प्रतिक्रिया : पूरानै प्रडक्टमा नयाँ र्यापर मात्र लगाएको हो



काठमाडौं, १६ असार । नेकपा (एमाले) की नेतृ रामकुमारी झाँक्रीले आज बसेको एमालेको दशौं महाधिवेशन आयोजक कमिटी बैठकलाई ओलीको गुटको बैठकको संज्ञा दिएकी छिन् । उनले आजको बैठकले गरेका निर्णयबाट कोही पनि भ्रममा पर्न नहुने पनि बताएकी छिन् ।

उनले सामाजिक सञ्जालमार्फत यस्तो लेखेकी हुन् । झाँक्रीले लेखेकी छिन्-” पुरानै Product मा नयाँ Wrapper मात्र लगाएको हो। Customer झुक्किनु पर्ने नै छैन। भ्रममा नपरौँ, आजको ओली गुटको बैठकको निर्णय २०७७ फागुन २८ को निर्णयको नाम मात्र फेरेको हो।”

एमालेलाई २०७५ जेठ २ गते फर्काउनुपर्ने माधव नेपाल पक्षको मागलाई ओलीले सम्बोधन गरेका छन् । कतिपय नेताहरुले भने ओलीको यो कदम एकताको लागि स्वागतयोग्य भनेका छन् । आजमात्रै पनि दुवै पक्षका दोस्रो तहका नेताहरु छलफलमा जुटेका थिए । तर, माधव नेपालले भने ओलीको आजको कदमपनि भुल्याउनको लागिमात्रै आएको भन्ने निश्कर्ष छ । नेपाल पक्षले पनि भोलिको लागि स्थायी कमिटीको बैठक बोलाएको छ ।



प्रतिक्रिया दिनुहोस्