Logo

टाटा मोटर्सको पिकअप र कार्गो खरिद गर्ने ग्राहकलाई बिना धितो सहुलियत कर्जा



काठमाडौं, १६ असार । काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्ग र सांग्रिला डेभलपमेन्ट बैंक बीच टाटा मोटर्सको पिकअप र कार्गो गाडी खरिदको लागि बिना कुनै धिताको सहुलियत कर्जा सम्बन्धि सम्झौता भएको छ ।

यस सम्झौता अन्तर्गत सिप्रदी ट्रेडिङ्गको सिफारिस प्राप्त १५०० ग्राहकहरुले टाटा मोटर्स ब्रान्डका पिकअप र कार्गो गाडी खरिदका लागि सांग्रिला डेभलपमेन्ट बैंकबाट बिना कुनै थप धितो अधिकतम ७० प्रतिशत कर्जा १% भन्दा कम न्युनतम सेवा शुल्कमा प्राप्त गर्न सक्नेछन् ।

टाटाका गाडी खरिद गर्न इच्छुक उद्यमी र संस्थाहरुलाई सहज रुपले नेपाल राष्ट्र बैंकको कार्यविधि भित्र रही कर्जा प्रदान गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सांग्रिला डेभलपमेन्ट बैंकका चिफ क्रेडिट अफिसर रजित मास्के तथा सिप्रदीका महाप्रबन्धक अनुपमणि ढकालले हस्ताक्षर गरेका हुन् ।

सरल र सहज कर्जा उपलब्ध गराउने उद्देश्यका साथ यो सुविधा सिप्रदीका देशभरि रहेका सम्पूर्ण डिलरहरु र सांग्रिला डेभलपमेन्ट बैंकका सबै शाखाबाट कर्जा सुविधा उपलब्ध हुने जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस्