Logo

खुल्यो हवाई उडानः आन्तरिकतर्फ दैनिक ६४, अन्र्तर्राष्ट्रियतर्फ प्रतिसाता २१ उडान हुने



काठमाडौं, असार १७ । दोस्रो चरणको कोरोनाको संक्रमण बढेसंगै बन्द भएको आन्र्तरिक हवाई उडान निषेधाज्ञा खुकुलो भएसंगै पुनः सञ्चानमा आएको छ । निषेधाज्ञा भएको करिब दुई महिनापछि आजदेखि आन्तरिकतर्फको नियमित हवाई उडान सुचारु भएको हो ।

महामारीका कारण घरेलुतर्फका नियमित उडान बैशाख २० देखि ठप्प रहेको थिए । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विहिबारदेखि नियमित आन्तरिक उडान शुरु गर्ने निर्णय अनुसार देशका विभिन्न गन्तव्यमा हवाई सेवा पुनः सुचारु भएको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार आन्र्तरिकतर्फ दैनिक ६४ वटा उडान हुने गरी हवाइ उडान सञ्चालन गर्ने निर्णय गरेको छ । प्राधिकरणले आन्र्तरिक उडानका लागि यती एअरलाईन्सलाई १५, बुद्ध एअरलाई ३१, श्री एअर सात, सौर्य एअरलाई तीन र नेपाल एयरलाईन्सलाई दुई, तारा एअरलाई दुई, समिट एयरलाई दुई र सिता एयरलाई दुई गरी दैनिक ६४ वटा उडानको अनुमती दिएको हो । सरकारले कूल उडानको ५० प्रतिशतमा नबढने गरी आन्तरिक हवाई उडानको बाटो खुला गरेको हो । हालको उडान तयारी ट्रक रुट लक्षित रहेको छ ।

सामान्य अवस्थामा आन्तरिकतर्फ आगमन र प्रस्थान दुवै गरी दैनिक तीन सय हाराहारी उडान हुन्थ्यो । हवाई सेवा सञ्चालनमा आए पनि महामारीको संक्रमण राजधानीसहित देशभका प्रमुख सहरमा अझै जारी रहेकाले हाललाई दैनिक ६४ उडान मात्रै सञ्चालनमा ल्याएको प्राधिकरणले जनाएको छ । त्यस्तै, आजबाट अन्र्तर्राष्ट्रितर्फ प्रतिसाता २१ उडान हुनेभएका छन् ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले आजदेखि अन्तर्राष्ट्रियतर्फ सातामा २१ वटा नियमित उडानको अनुमती दिएको छ । प्राधिकरणले सार्वजनिक गरेको जुलाई महिनाको स्वीकृत तालिका अनुसार आजदेखि अन्र्तर्राष्ट्रितर्फ प्रतिसाता २१ अन्तर्राष्ट्रिय उडानले अनुमती पाएका हुन् ।

मन्त्रिपरिषद्ले दिएको स्वीकृति अनुसार भारत, कतार, यूएई, टर्की, साउदी अरेबिया, कुवेत, मलेसिया, ओमान, जापान, चीन र कोरियाका लागि उडानको अनुमती दिईएको हो ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानको अनुमति पाएका नेपाल एयरलाइन्सले भारतको नयाँदिल्ली, कतारको दोहा, युएईको दुबई, मलेसियाको क्वालालाम्पुर र जापानको नारितामा उडान गर्नेछ । त्यस्तै, हिमालय एयरलाइन्सले साउदी अरेबियाको दमाम, युएईको दुबई र मलेसियाको क्वालालाम्पुरमा उडान अनुमति पाएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडान अनुमति पाउनेमा कतार एयरवेज, सलाम एयर, एयर इन्डिया, फ्लाइ दुबई, जजिरा एयरवेज, टर्किस एयर र मालिन्दो एयर रहेका छन् ।



प्रतिक्रिया दिनुहोस्