Logo

बाढीपहिरोबाट सडक र पुलमा १ अर्बभन्दा बढीको क्षति



काठमाडौं, असार १७ । यो वर्षको मनसुन शुरू भएयताका २ हप्ता अर्थात् मध्यअसारसम्ममा मात्रै बाढीपहिरोबाट मुलुकभरका सडक तथा पुलहरूमा १ अर्बभन्दा बढीको क्षति भएको छ । बाढीका कारण सडकहरू वासआउट हुँदा, पुल, डाइभर्सनहरू समेत बगाउँदा अहिलेसम्म उक्त रकम बराबरको क्षति भएको सडक विभागको प्रारम्भिक आकलन छ ।

जेठ ३१ गतेदेखि असार १५ गतेसम्ममा आइपुग्दा मुलुकभरका विभिन्न राजमार्ग तथा सहायक राजमार्गका साथै अन्य गरी ६१ स्थानमा सडकहरू अवरुद्ध भएका छन् । विभागको तथ्यांकअनुसार विभिन्न १० स्थानमा सडक अझै अवरुद्ध छन् भने दुईतर्फी रूपमा सञ्चालनमा आएका सडक जम्मा १९ स्थानका छन् । अन्य स्थानका सडकहरू भने एकतर्फी रूपमा सञ्चालनमा आएका छन् ।

विभागका प्रवक्ता तथा उपमहानिर्देशक ई। शिवप्रसाद नेपालका अनुसार यो क्षति प्रारम्भिक हो । ‘मनसुन शुरुआती चरणमा छ । मध्यअसारमै क्षति करीब रू। १ अर्बभन्दा बढी पुगेको देखिन्छ,’ नेपालले भने, ‘वर्षायाम अभैm पनि बाँकी रहेकाले यो क्षतिको ग्राफ बढ्नेछ ।’

विगतका वर्षहरूमा वर्षायाममा आउने बाढीपहिरोबाट रू। २ देखि ३ अर्बभन्दा बढीको क्षति हुने गरेको थियो । वार्षिक रूपमा बाढीपहिरोकै कारण अर्बभन्दा बढीको क्षति हुने भए पनि पुनर्निर्माणका लागि सरकारले छुट्टै बजेट व्यवस्थापन भने गरेको छैन ।

सडक विभागले क्षतिको विवरणसहित मर्मतसम्भार, पुनर्निर्माण तथा पुनःस्थापनाका लागि छुट्टै बजेट माग गर्दैै आएको छ तर छुट्टै बजेट भने पाउने गरेको छैन । क्षति पुगेका सडक तथा पुलहरू पुनःस्थापना तथा पुनर्निर्माणका लागि विभागले नियमित बजेटमै रहेर मर्मतसम्भारलाई अघि बढाउँदै आएको छ । आर्थिक अभियान दैनिकबाट



प्रतिक्रिया दिनुहोस्