Logo

प्रकाशको जन्मदिनमा विनाले लेखिन्ः चौतर्फी प्रहार अनि चुनौती



काठमाडौं, १७ असार । आज नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका छोरा प्रकाश दाहालको जन्मदिन । उनको जन्मदिनमा प्रकाशकी पत्नी विना मगरले विहानै सम्झनाका शब्द पोखेकी छिन् ।

विनाले सामाजिक सञ्जालमा प्रकाशको जन्मदिन सधै गह्रौं पहाड बनेर आउने गरेको लेखेकी छिन् । उनले चौतर्फी प्रहार अनि चुनौतीमाझ खुशी सँगालेको भनेकी छिन् ।
विनाले फेसबुकमा छोराले प्रकाशको तस्बिर अगाडि वत्ती बालिरहेको तस्बिर पनि राखेकी छिन् ।

विना मगरले फेसबुकमा लेखेकी छिन्ः

प्रिय प्रकाश
तिम्रो जन्मदिन मेरो निम्ति सधै गह्रौं पहाड बनेर आउँछ।संगै साचेको खुसिको प्याला आज मुटु जलाई जान्छ। चौतर्फी प्रहार अनि चुनौतीमाझ संगालेको खुसी लिई मुस्कुराउन नपाई पोखिएको देख्दा मन भक्कानिएर आउँछ। तिम्रो सपना मेरा लागि सधैं अविस्मरणीय र चीरस्थायी हुनेछ।मेरो जीवन तिम्रो सपनाकै निम्ति खर्चनेछु।तिमीसँगको हरेक पल मेरो जीवनको प्रेरणा हुनेछ, हार्दिक श्रद्धासुमन प्रकाश !



प्रतिक्रिया दिनुहोस्