Logo

आमा, छोरोका हत्या आरोपी पक्राउ



काभ्रे, असार १७ । बनेपा नगरपालिका– ११ सिनागालमा आमा छोराको हत्या भएको १४ दिन पछि हत्या आरोपी महिलाका श्रीमानले आमा छोराकै हत्या गरेको स्विकारेका छन् । प्रहरी निगरानीमा अस्पतालमा उपचारार्थ उनको असार १३ गते डिस्चार्ज भएको थियो । डिस्चार्जसँगै प्रहरी हिरासतमा रहेका उनले आमा छोराकै हत्या आफूले गरेको स्विकारेका हुन् ।

‘पाँचखाल नगरपालिका घर भई बनेपा ११ मा डेरामा बसोबास गरी बनेपाको नालादोबाटोमा पसल गरी बस्ने ३० वर्षीया मनिषा कार्की घिमिरे (उपाध्याय) र उनको ६ वर्षीय छोरा युवान घिमिरेको रहस्यम मृत्युमा प्रहरीले अनुसन्धान गरिरहेको छ’–जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी प्रवक्ता डिएसपी हरि खतिवडाले भने–‘मृत्युको खबर पाए लगत्तै प्रहरीले घटनाका बारेमा अनुसन्धान शुरू गरेको थियो ।

घटनामा संलग्न भनिएका मनिषाका श्रीमान् कमल भनिने माधवप्रसाद घिमिरेलाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको थियो । असार १५ गते कमलले श्रीमती र छोराको आवेशमा हत्या गरेको स्विकारेका छन् ।’ हत्या गरिएको २४ घण्टासम्म शव व्यवस्थापन गर्न, घटना लुकाउन र आफू पनि फरार हुन अनेकन प्रयास गरेको तर नसकेपछि घटनाका बारेमा सार्वजनिक भएको घिमिरेले प्रहरीलाई बयानमा भनेका छन् ।

घटनाको केही दिनअघि नै कमल भनिने माधवप्रसाद घिमिरेको छटपटी थियो भने युवान र उनकी ममी मनिषामा पनि निराशा रहेको छिमेकीहरूले बताएका छन् । मनिषा र युवानको टिकटक भिडियोले पनि केहि घटनाका संकेत गरेको भए पनि श्रीमान्बाटै मनिषा र युवानको हत्याको आशंका कसैले गरेका थिएनन् ।

प्रेम विवाह गरी भारतको आसामबाट काभ्रेको धुलिखेल आएका कमल र मनिषा एक अर्कालाई धेरै मन पराउने भए पनि पछिल्लो समय कमलको अर्की युवतीसँग चलेको प्रेम चक्कर, मोवाइलमा खेलिने गेमबाट लागेको ऋण र अन्य कारणबाट सम्बन्धमा दरार उत्पन्न भएको थियो । श्रीमान् श्रीमतीकै अलग अलग फेन्सी पसल भए पनि कमल भनिने माधवप्रसाद घिमिरेले पछिल्लो समय पसलमा भन्दा अन्यत्र समय दिन थालेको आशंका परिवारका सदस्यहरूले गरेका थिए । नेपाल समाचारपत्र दैनिकबाट



प्रतिक्रिया दिनुहोस्

Screenshot