Logo

राष्ट्रियसभाको अधिवेशन आजबाट



काठमाडौं, असार १७ । राष्ट्रियसभाको अधिवेशन आज बिहीबारबाट सुरु हुँदैछ। अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा रहेको संसद् भवनमा राष्ट्रियसभाको बैठक बस्नेछ।

अधिवेशनको पहिलो बैठकमा राष्ट्रपतिबाट पठाएको अधिवेशन आह्वानको पत्र पढेर सुनाउने, ज्ञात अज्ञात सहितप्रति एक मिनेट मौनधारण गर्ने कार्य गरिन्छ भने अधिवेशनको पहिलो बैठकमा संसद् नहुँदा सरकारले ल्याएका अध्यादेश टेबुल हुने र पहिलो बैठक भएकाले दलीय हैसियतमा राष्ट्रियसभामा प्रतिनिधित्व गरेका संसदीय दलका नेतालाई धारणा राख्न समय दिने कार्य गरिन्छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot