Logo

प्रतिनिधिसभा विघटनको विरोधमा नेविसंघद्वारा प्रधानमन्त्रीको पुत्लादहन



काठमाडौं, १७ असार । प्रतिनिधिसभा विघटन लगाएत सरकारको कामकारवाहीको बिरोध गर्दै विपक्षी गठबन्धनका विद्यार्थी संगठनले देशभर प्रदर्शन गरेका छन् । यसै क्रममा नेपाल विद्यार्थी संघले काठमाडौंको चावाहिलस्थीत पशुपति क्याम्पस अगाडी प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्दा दहन गरेको हो ।

प्रधानमन्त्री केपी ओली स्वेच्छाचारी, निरंकुश र तानाशाही ढंगले अगाडि बढेको भन्दै नेविसंघले प्रधानमन्त्रिको पुत्ला दहन गरेको जनाएको छ । संसद बिघटन र त्यसपछी सर्वोच्च अदालतमा बिघटन सम्बन्धी परेको मुद्दामा न्यायाधिसहरुलाई तर्साएर मुद्दा आफ्नो पक्षमा पार्न प्रधानमन्त्री उद्दत भएको भन्दै त्यसैको बिरोधमा प्रधानमन्त्रिको पुत्ला दहन गरिएको नेविसंघका महामन्त्री मनोज वैद्यले जानकारी दिए।

लक डाउन र निषेधाज्ञा पुर्व पनि नेविसंघले लगातार सरकारले गरेका भ्रष्टचार र अन्य बेतिथिका बिरुद्धमा आन्दोलन जारी राखेको बताउदै वैद्यले अहिले प्रतिपक्षमा रहेका विद्यार्थी संगठनले लगातार बिरोधका कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्