Logo

फेरी बढ्यो सुनको भाउ



काठमाडौं, १७ असार । आज नेपाली बजारमा सुनको मुल्य ८ सयले बढेको छ । बुधबार प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुल्य आज प्रतितोला ९० हजार ८ सय रुपैयाँ कायम भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघको अनुसार आज तेजाबी सुनको मुल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँमा खरिद बिक्रि भएको छ । हिजो प्रतितोला तेजाबी सुनको मुल्य ८९ हजार ५ रहेको थियो ।

यसैगरी, आज चाँदीको मुल्य पनि २० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला १३ सय १० रुपैयाँमा खरिद बिक्रि भएको महासंघले जनाएको छ । हिजो १२ सय ९० रुपैयाँ तोलामा खरिद बिक्रि भएको थियो ।



प्रतिक्रिया दिनुहोस्