Logo

आज यी क्षेत्रमा खतरा बढ्न सक्ने, उच्च सतर्कता अपनाउन आग्रह



गण्डकी, १७ असार । बाग्मती प्रदेशसहित गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न स्थानमा गए रातिदेखि नै अविरल वर्षा भइरहेको छ ।

आज जल तथा मौसम विज्ञान विभाग, मौसम पुर्वानुमान महाशाखाले गण्डकी प्रदेशमा तनहुँको बिमल नगर, बन्दीपुर, चितवनको कालीखोला, मकवानपुरको चिसापानी गढी र सिलिङ्गे लगायतका वर्षा मापन केन्द्रमा भारी वर्षा मापन गरेको छ । ती स्थानका स–साना नदी खोलाहरुमा आकस्मिक बहाव आउन सक्ने भएकाले सर्तक भई सावधानी अपनाउन पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

मौसम विभाग पुर्वानुमान महाशाखाको अनुसार आज प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भई एक÷दुई स्थानमा मेघगर्जन÷ चट्याङ्ग सहित भारी वर्षा भईरहेको छ । बाँकी प्रदेशका एक÷दुई स्थानमा हल्का वर्षा भईरहेको छ।

लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै बिहीबार राती देशभर सामान्य देखि भारी वर्षा हुनेछ भने प्रदेश १, प्रदेश २, बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघ गर्जन÷ चट्याङ्ग सहित भारी वर्षा तथा थोरै स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेकोले सर्तक रहन पुर्वानुमान महाशाखाले आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot