Logo

ओलीले बोलाएको बैठकमा माधव नेपाल पक्ष जान्छ कि जाँदैन् ? यसो भन्छन् खतिवडा (भिडिओसहित)



काठमाडौं, १७ असार । नेकपा (एमाले) का प्रभावशाली नेता जगन्नाथ खतिवडाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई २०७५ जेठ २ गते फर्काएको हो कि होईन भन्ने कुरा आफूले बुझ्न नसकेको टिप्पणी गरेका छन् । आफूहरुलाई १३औं केन्द्रीय कमिटीको बैठकमा भाग लिनको लागि निम्तो आएको स्मरण गराउँदै यसअघिका ११ औं र १२ औं बैठक कहिले बस्यो ? भन्दै उनले प्रश्न तेर्साए । उनले आफूहरुले अघि सारेका माग कसरी पूरा भयो त ? भनेर जिकिर गरे । उनले जेठ २ गतेमा फर्कनुपर्ने आफूहरुको माग नभएको पनि जिकिर गरे ।

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । उनले केपी ओली आफूहरुको माग पूरा गर्नभन्दापनि अदालतको आदेशअनुसार बाध्य भएर पछि फर्केको जिकिर गरे । उनले भने,‘उहाँ २०७५ जेठ २ गते जान खोज्नुभएको हो कि होईन ? त्यसमा पूनः स्पष्टीकरण जरुरी छ । पार्टीलाई विधि, विधानअनुसार चलाउनुपर्छ । अब एजेण्डाभित्र प्रवेश गर्न अथवा ढोका खोल्नको लागि पनि २०७५ जेठ २ गतेमा जानु हो । तर, उहाँले फागुन २८ गतेको तगारो हाल्नुभएको छ ।’



प्रतिक्रिया दिनुहोस्