Logo

एमालेको माधव नेपाल पक्षधर बैठकमा को को छन्



काठमाडौं, १७ असार । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यको बैठक जारी छ । बुद्धनगरस्थित क्वालिटी बैंकेटमा बैठक चलिरहेको हो ।

बैठकमा वरिष्ठ नेता माधवकुमार नेपालसहित उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य र युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवहरु गोकर्ण बिष्ट र योगेश भट्टराई, स्थायी कमिटी सदस्यहरु सुरेन्द्र पाण्डे, रघुजी पन्तलगायत सहभागी छन् ।

बैठकले भोलि हुने पार्टीको बैठकमा सहभागी हुने या नहुने विषयमा निर्णय लिने बुझिएको छ । ओलीले पार्टीको पुरानो कमिटी ब्युँताएपछि कसरी अगाडि बढ्नेबारे रणनीति तय गर्दैछ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot