Logo

करीना कपुरको बलिउड ‘इन्ट्री’ २१ वर्ष पुरा



एजेन्सी, १७ असार । बलिउड अभिनेत्री करीना कपुरले फिल्म उद्योगमा एक अलग पहिचान बनाएकी छिन् । करीना २१ वर्ष पहिला २००० मा फिल्म ‘रिफ्युजी’बाट बलिउडमा डेब्यु गरेकी हुन् । करीनाले फिल्म क्षेत्रमा २१ वर्ष पुरा गरेको अवसरमा आफ्ना फ्यानहरुलाई धन्यवाद दिएकी छिन् ।

अभिनेत्रीले आज सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन् । भिडियोमा उनको पहिलो फिल्म रिफ्युजीको केही क्लिप देखिन्छ । भिडियोको साथमा करीनाले २१ वर्षको योजना पनि बताएकी छिन् ।

करीनाले भिडियोको क्याप्सनमा लेखेकी छिन्, ‘२१ साल । आभारी, किस्मत, प्रेरित, जब्बा, २१ वर्ष अर्को पनि आउछ । म तयार छु । निरन्तर माया र साथ दिएकोमा सबैलाई धन्यवाद ।’

उनको पहिलो फिल्म जेपी गुप्ताले निर्देशन गरेका थिए । फिल्ममा अभिषेक बच्चन, सुनील शेट्टी, जैकी श्राफ, अनुपम खेर लगायतको पनि अभिनय रहेको थियो । सोही फिल्मबाट अभिषेक बच्चनले पनि पहिलो पटक बलिउड प्रवेश गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्