Logo

शिल्पा शेट्टीको ‘हंगामा २’ रिलिजको मिति तोकियो



एजेन्सी, १७ असार । बलिउड अभिनेत्री शिल्पा शेट्टी र परेश रावलको फिल्म ‘हंगामा २’ को लामो समयदेखि फ्यानहरु प्रतिक्षारत छन् । यो फिल्म २००३ मा निर्माण भएको प्रियदर्शनले निर्देशन गरेको फिल्म ‘हंगामा’को अर्को भाग हो । फिल्ममा मिजान जाफरी र प्रणिता सुभाष पनि देखिएका छन् ।

यस फिल्मलाई निर्माताहरुले थिएटरमा रिलिज गर्न चाहान्थे तर कोरोना कहरको कारण सम्भव नभएपछि ओटिटी प्लेटफर्ममा रिलिज गर्ने निर्णय गरेका हुन् । निर्माताले आज फिल्मको नयाँ पोस्टर सार्वजनिक गर्दै २३ जुलाईमा डिज्मी प्लस हाटस्टारमा रिलिज हुने जानकारी दिएका हुन् । फिल्मको ट्रेलर पनि आजै सार्वजनिक भएको छ ।

 

फिल्ममा शिल्पा शेट्टी, परेश रावलको साथै मीनान जाफरी, प्रणिता सुभाष, आशुतोष राणा, जानी लीवर लगायतको भुमिका देख्न सकिनेछ । फिल्मलाई निर्देशन प्रियदर्शनले गरेका छन् । यो फिल्ममार्फत शिल्पाले फिल्ममा कमब्याक गरेकी हुन् । त्यस्तै, साउथ अभिनेत्री प्रणिता सुभाष पनि यसै फिल्मबाट पहिलो पटक बलिउड प्रवेश गर्दैछिन् ।



प्रतिक्रिया दिनुहोस्