Logo

हनीमुनबाट फर्किए लगत्तै पति कोरोना संक्रमित भएपछि पत्नीले गरिन् सम्बन्ध बिच्छेद



एजेन्सी । पति र पत्नीको उत्कृष्ट सम्बन्ध हुन्छ । कयौपटक सामान्य झगडा भए पनि सम्बन्ध झन मजबुद हुँदै जान्छ । तर, भारतमा भने विवाह पछि हनिमुनसँगै गएका जोडी मध्ये श्रीमतीले घर फर्किए लगत्तै सम्बन्ध विच्छेद गरेकी छिन् ।

वास्तवमा ती जोडी भारतको बैंगलोरका हुन् । विवाहपछि जोडी हनिमुन गएका थिए । हनिमुनबाट फर्किए लगत्तै पतिलाई कोरोना संक्रमण पुष्टि भएको थियो । आफ्नो पतिलाई कोरोना संक्रमण भएको जानकारी पाएपछि पत्नी रिसाइन् । र रिसको झोकमा माइती गइन् ।

हनिमुनबाट फर्किए लगत्तै पति संक्रमित भएपछि दुवैजनालाई आइसोलेसनमा बस्न पठाएको थियो । तर, ती महिला आइसोलेसनबाट भागेर प्लेन चढेर दिल्ली पुगिन् र दिल्लीबाट ट्रेन चढेर माइती पुगेकी हुन् ।

यो हल्ला बेंगलौर देखि आगरासम्म पुगेपछि उनलाई प्रशासनले सोधपुछ गर्दा पतिसँग बस्न नचाहेको बताएकी थिइन् । प्रशासनले प्रहरीलाई जिम्मा लगाएको छ । एजेन्सी

 

 



प्रतिक्रिया दिनुहोस्