Logo

१९ अंकले नेप्से बढ्दा ६ अर्बमा सिमित कारोबार



काठमाडौं, १७ असार । साताको कारोबारको अन्तिम दिन आज नेप्से १९ अंकले बढेको छ । बुधबार ४ अंकले घटेको नेप्से आज (बिहीबार) १९.१२ अंकले बढेको हो ।

नेप्से बढेपनि कारोबार भने ६ अर्बमा सिमित भएको छ । शेयर बजारमा आज ०.६८ प्रतिशतले बढेर २८ सय ४३ विन्दुमा थामिएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ६.३३ अंकले बढेर ५२८ दशमलव ७१ विन्दुमा पुगेको छ ।

नेप्सेको अनुसार आज २२४ कम्पनीको ७० हजार १९८ पटक कारोबार भएर ६ अर्ब ७० करोड ७७ लाख ७५ हजार ४८४ रुपैयाँ बराबरको ३ करोड २८ लाख ३८ हजार ९९३ शेयर खरिद बिक्रि भएको छ ।

आज निर्जीबन बीमा बाहेक १२ वटा उपसमुहका नेप्से सुचक बढेका छन् । सबैभन्दा धेरै होटल एण्ड टुरिजम समुहको ३.९४ प्रतिशतले सुचक बढेको छ ।



प्रतिक्रिया दिनुहोस्