Logo

विपक्षी गठबन्धनका विद्यार्थी प्रदर्शनमा उत्रिए, प्रधानमन्त्री र राष्ट्रपतिको पुत्ला दहन (फोटोफिचर)



काठमाडौं, १७ असार । विपक्षी गठबन्धनमा आवद्ध राजनीतिक दलनिकट पाँच विद्यार्थी संगठनले सरकारविरुद्ध आज प्रदर्शन गरेका छन् । उनीहरुले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीको पुत्लासमेत जलाएका छन् ।

हाम्रा सहकर्मी मुकुन्द कालिकोटेका अनुसार प्रदर्शनमा उत्रिएकाहरुमध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले धरपकड गर्दा २ जना विद्यार्थी सामान्य घाइते भएका छन् । प्रदर्शन्मा उत्रिएका विद्यार्थीहरुले विद्यार्थी संगठनहरूले विद्यार्थी र शिक्षकलाई छिटो कोरोनाविरूद्ध खोप दिन पनि माग गरेका छन्। तस्विर : मुकुन्द कालिकोटे, रिपोर्टर्स नेपाल डटकम



प्रतिक्रिया दिनुहोस्