Logo

आज यी कम्पनीको कारोबार सर्वाधिक



काठमाडौं, १७ असार । नेप्से आज ०.६८ प्रतिशतले बढेको छ । हिजो ४ अंकले घटेको शेयर बजारमा आज हरियाली छाएको छ । नेप्सेमा आज ६ अर्ब ७० करोड बढीको शेयर कारोबार भएको छ ।

नेप्सेको अनुसार सबैभन्दा बढी आज नेको इन्स्योरेन्स कम्पनीको ३० करोड ४४ लाख बढीको शेयर कारोबार भएको छ । कम्पनीको शेयरमुल्य ६ रुपैयाँले बढेर १६ सय ४८ रुपैयामा कायम भएको छ । त्यस्तै, ज्योति विकास बैंकको १८ करोड ७० लाख बढीको शेयर कारोबार भएको छ । बैंकको आज प्रतिकित्ता शेयरमुल्य ४५० रुपैयाँ कायम भएको छ । यसैगरी, मेगा बैंकको प्रतिकित्ता १७० रुपैयाँ कायम भई १८ करोड १२ लाख बढीको शेयर कारोबार भएको छ ।

त्यस्तै, आज बुटवल पावर कम्पनीको १६ करोड ६९० लाख, नेपाल पुनर्बीमा कम्पनीकिो १६ करोड ४० लाख, एनएलजी इन्स्योरेन्स कम्पनीको १२ करोड ६० लाख शेयर कारोबार भएको नेप्सेले जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस्