Logo

आज यी कम्पनीको लगानीकर्ताले कमाए धेरै



काठमाडौं, १७ असार । नेप्से आज १९ अंकले बढेर २८ सय ४३ बिन्दुमा पुग्दा सबैभन्दा धेरै नेको इन्स्योरेन्स कम्पनीको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ओरिएण्टल होटल्सका लगानीकर्ताले ९.९७ प्रतिशतका दरले कमाएका छन् । कम्पनीको प्रतिकित्ता शेयरमुल्य ६१ रुपैयाँले बढेर अन्तिम मुल्य ६७३ रुपैयाँ कायम भएको छ ।

त्यस्तै, गुडविल फाइनान्स कम्पनीका लगानीकर्ताले ९ दशमलव ३३ प्रतिशतका दरले कमाएका छन् भने प्रतिकित्ता शेयरमुल्य ३० रुपैयाँले बढेर ३४१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ ।

यसैगरी, सिन्धु विकास बैंकको आज प्रतिकित्ता ३२ रुपैयाँ प्रतिशेयर मुल्य बढेर ३७१ रुपैयाँ अन्तिम मुल्य कायम भएको छ । त्यस्तै, ग्रिन डेभलपमेन्ट बैंकका लगानीकर्ताले ९ दशलमव १५ प्रतिशतका दरले कमाएका छन् ।



प्रतिक्रिया दिनुहोस्