Logo

टेपले वेरी लुकाई बोकेको अवस्थामा लागूऔषध सहित ४ जना पक्राउ



मोरङ, १७ असार । अवैध लागूऔषध सहित ४ जना पक्राउ परेका छन् । वेलवारी नगरपालिका १ माछा हटियाबाट नियन्त्रित लागूऔषध १७ एम्पुल डाइजेल्याप, १७ एम्पुल फेनारगन, १७ एम्पुल एभिल र १७ एम्पुल लुपिजेसिक सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा वेलवारी नगरपालिका १ बस्ने २५ वर्षीय रिकल कोईराला, २४ वर्षीय केशव गुरुङ, २७ वर्षीय विशाल गुरुङ र ३५ वर्षीय सुरज गुरुङ रहेका छन् ।

ईलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरी टोलीले जाँच गर्नेक्रममा को १७ प ४७२ र को ३० प ५६१ नम्बरका २ वटा मोटरसाइकलमा सवार उनीहरूलाई प्लाष्टिकभित्र टेपले वेरी लुकाई बोकेको अवस्थामा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot