Logo

उपत्यकामा आज ४१९ संक्रमित थप



काठमाडौँ, १७ असार । आज देशभर २७ सय ६० कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै ४ सय १९ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा थपिएका संक्रमित मध्ये काठमाडौँमा ३१६, ललितपुरमा ७४ र भक्तपुरमा २९ संक्रमित थपिएका हुन् । त्यस्तै, आज कोरोना संक्रमणबाट आज थप ३३ जनाको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ९ हजार १ सय ४५ पुगेको छ ।

मत्तालयको अनुसार आज नेपालमा कोरोना भाइरसका २ हजार ७ सय ६० जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ६ लाख ४० हजार ६ सय ६२ पुगेको छ ।

आज ४ हजार १७ जना संक्रमणमुक्त भएका छन् । हालसम्म ६ लाख १ सय ४९ जना संक्रमणमुक्त भएका छन् । मन्त्रालयको अनुसार २४ घन्टामा १० हजार ९ सय ८५ जनाको परीक्षणबाट १८ सय ५७ जना पिसीआर विधिबाट र ९०३ जना एन्टीजेन विधिबाट संक्रमण पुृष्टि भएको हो ।



प्रतिक्रिया दिनुहोस्