Logo

ओलीले भोलिको लागि बोलाएको बैठकमा सहभागी नहुने माधव नेपाल पक्षको निर्णय



काठमाडौं, १७ असार । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर स्थायी कमिटी सदस्यहरुको बैठक सम्पन्न भएको छ। आज बुद्धनगरको क्वालिटी बैक्वेटमा बसेको बैठकले भोलि (शुक्रबार) को लागि बोलाईएको बैठकमा सहभागी नहुने निर्णय गरेको छ ।

हिजो बसेको एमाले महाधिवेशन आयोजक कमिटीको बैठकले भोलिको लागि केन्द्रीय कमिटी बैठक बोलाएको थियो । हिजोको बैठकले एमालेलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउने र भोलिको बैठक नवौं महाधिवेशनबाट निर्वाचित कमिटीको बैठक हुने बताईएको थियो ।

तर, नेपाल पक्षले भने ठोस राजनीतिक सहमति नभएकोले तत्काल अध्यक्ष केपी शर्मा ओलीले बोलाएको बैठकमा सहभागी नहुने निश्कर्ष निकालेको एक नेताले जानकारी दिए । file photo



प्रतिक्रिया दिनुहोस्

Screenshot